दुई मन्त्रीको बर्खास्तीपछि मुख्यमन्त्रीले सम्हाले थप दुई मन्त्रालय
मङ्गलबार, २९ कात्तिक २०७९, १६ : ३४
गण्डकी प्रदेशका दुई मन्त्रीको बर्खास्तीसँगै ती दुई मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै सम्हालेका छन् । मुख्यमन्त्री नेपालीको सिफारिसमा ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले यसअघि नै बर्खास्त भएकामा आज फेरि भौतिक पूर्वाधार र सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्तीमा परेका हुन् ।
मुख्यमन्त्रीको सिफारिसपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रीहरुको नयाँ कार्यविभाजन गरेका छन् । जसमा नेखपालीले नै बर्खास्त भएका दुई मन्त्रीले सम्हाल्दै आएको दुई मन्त्रालय सम्हालेका छन् भने अन्य मन्त्रीको मन्त्रालय यथावत रहेको छ । दुई मन्त्रीले चुनावमा अन्तर्घात गर्दै हिँडेपछि बर्खास्तीमा परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध
-
पार्टी प्रवेश गर्नेलाई माओवादीले छाडेको पार्टीमै भएको पद दिने !
-
बक्स अफिसमा 'पुष्पा-२' को आँधी, कति पुग्यो कलेक्सन ?