शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आँचललाई ‘वर एन्ड वधु’ आश

मङ्गलबार, २९ कात्तिक २०७९, १६ : १८
मङ्गलबार, २९ कात्तिक २०७९

म्युजिक भिडियोमा मात्र होइन, फिल्ममा पनि दर्शकले रुचाइएकी अभिनेत्री हुन् आँचल शर्मा । उनी कहिले हिट त कहिले फ्लप फिल्मको साक्षी बनेकी छन् । तर पनि अभिनय करियरको रफ्तार भने कहिलै फरक परेको छैन ।

हिट फिल्म ‘नाईं नभन्नू ल ४’ बाट अभिनयमा डेब्यु गरेकी उनको दोस्रो फिलम ‘जोनी जेन्टलम्यान’ भने नराम्रोसँग  फ्लप भयो । तेस्रो फिल्म ‘शत्रु गते’ ले पुन सफलता हात पार्न सफल उनलाई चौंथो फिल्म ‘ब्ल्याक’ ले पनि दुःख थप्यो । पाँचौं फिल्म ‘दाल भात तरकारी’ सुपरहिट हुँदा सुखद अनुभुती गरेकी उनलाई त्यसको जस भने मिलेन । यो फिल्ममा महलगायत थुप्रै राम्रा कलाकार थिए । त्यसैले सफलताको क्रेडिट अ कलाकारकै पोल्टामा प¥यो ।

गत केही महिना अगाडि प्रदर्शनमा आएको फिल्म ‘झिंगेदाउ’ ले भने उनलाई ठूलो राहत दिएको छ । केकी अधिकारीसँगै फिल्म हिट भएको श्रेय उनल पनि पाइन् ।  त्यतिमात्र होइन, अभिनयको हिसावले उनको ‘झिंगेदाउ’ बाट धेरै तारिफ पनि बटुलिन् ।

‘झिंगेदाउ’बाट अभिनय प्रसंसा र सफलता दुबै हात पारेकी आँचलका अव दुई फिल्म आउने तरखरमा छन् । एक ‘वर एन्ड वधु’ र दोस्रो ‘नाई न भन्नु ल ४’ । अगामी वैशाख १ गते प्रदर्शन मिति तोकिएको ‘नाई न भन्नु ल ४’ अहिले पनि सुटिङ भइरहेको छ । ‘वर एन्ड वधु’ ले भने आगामी फागुन १९ गतेलाई आफ्नो प्रदर्शन मिति तोकेको छ । यो फिल्मबाट उनले ठूलो आशा गरेकी छन् । यो फिल्म पनि व्यवसायिक रुपमा सफल भए उनका लागि यस वर्ष फलिफाप सिद्ध हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप