उपभोग्य वस्तुको मूल्यमा वृद्धि
चुनावको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा हरेक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत भन्दा बढीले बढेको हो ।
सरकारको सम्पूर्ण ध्यान मंसिर ४ गतेको निर्वाचन केन्द्रित हुँदा उपभोक्ता भने बजारमा अत्यधिक रूपमा बढेको मूल्य वृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारीहरू समेत निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोक्न लागेको उपभोक्ताहरूले गुनासो गरेका छन् । नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले दशैँ–तिहारपछि मात्रै दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताए ।
उनले पछिल्लो समय खाने तेल, दाल, चामल मात्रै होइन नभएर हरेक खाद्यान्न लगायत अन्य वस्तुको समेत मूल्य बढेर आएको बताए । पूर्वअध्यक्ष बज्राचार्यले पछिल्लो एक वर्षमा ३० प्रतिशत भन्दा बढी मूल्य वृद्धि भएको बताए । उनले दशैँ—तिहारको समयमा २४० रुपैयाँमा पर्ने थालेको खानेतेल अहिले बजारमा २८० रुपैयाँ पुगेको जानकारी दिए । उनले सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर ४० रुपैयाँले मूल्य बढेको बताए । उनले भारत सरकारले नेपालमा चामल आयातमा प्रतिबन्ध लगाएपछि मात्रै एक बोरा चामलमा ४०० रुपैयाँसम्म बढेको बताए । उनले भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर १५–२० दिन पहिले नै हटाइ र चामलको मूल्य घटेर आएपनि नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै अझै महँगोमा चामल बिक्री गरिरहेको बताए ।
बज्राचार्यले बजारमा उपभोग्य वस्तुको मूल्य बढ्नुको कुनै कारण नभएर ठूला व्यापारीहरूले चुनावमा पार्टीहरूलाई दिएको चन्दा असुल गर्न निर्वाचनकै अवसरमा वस्तुको मूल्य वृद्धि गरेको आरोप लगाए । उनले निर्वाचनको समयमा सरकारी कर्मचारी निर्वाचन केन्द्रित भएको मौकामा बजारमा उपभोग्य वस्तुको मूल्य बढाउनु अस्वाभाविक भएको बताए । उनले सरकारले उपभोक्ताको हितमा चासो नराखेको भन्दै चिन्ता व्यक्त गरे । बज्राचार्यले उपभोक्ताहरूको हितमा काम गर्ने हो भने बजारमा भएको अत्याधिक मूल्य वृद्धि सरकारले नियन्त्रण गर्ने बताए । उनले अनुगमन गर्ने निकाय उपाभोक्ता हित संरक्षण विभाग बजारमा कुनै वस्तुको मूल्य वृद्धि भए खुद्रा पसलमा गएर अनुगमन गर्ने तर ठूला व्यापारीहरुकोमा अनुगमन गर्न जान नसक्दा बजारमा मूल्य वृद्धि भइरहने बताए ।
त्यस्तै,कुलेश्वरका खाद्यसामग्री होलसल व्यापारी मनोज श्रेष्ठले खानेतेल, दाल चामलको मूल्य बढेर नै आएको बताए । उनले भारतले नेपालमा धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत करको कारणले चामलको मूल्य धेरै बढेको बताए । उनले डलरको मूल्य बढेकाले बजारमा खानेतेलको मूल्य वृद्धि भएर आएको बताए । श्रेष्ठले बाहिरबाट नै वस्तुको मूल्य बढेर आएकाले बजारमा बेच्नलाई समेत समस्या भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका समर्थकहरूद्वारा अदालत बाहिर नाराबाजी (तस्बिरहरू)
-
माघ १६ गते बृहत् कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय
-
कालो, रातो वा पहेँलो कुन किसमिस बढी स्वास्थ्यकर छ ?
-
२०२४ को चुनावबारे जुकरबर्गको टिप्पणीमाथि मेटाले भारतसँग माग्यो माफी
-
देउवाले बोलाए दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीसहितको संसदीय दल कार्यसमितिको बैठक
-
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट