बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

हिमालयन डिष्टिलरीको नाफा २१ करोड ५७ लाख, बिक्री पनि बढ्यो

मङ्गलबार, २९ कात्तिक २०७९, १६ : १०
मङ्गलबार, २९ कात्तिक २०७९

 हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज महिन) मा २१ करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा गरेको नाफाभन्दा बढी हो । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड १२ लाख रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीले पहिलो त्रैमासिक अवधिमा ४७ करोड ३४ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने ३० करोड ३७ लाख रुपैयाँ संचालन नाफा गरेको थियो । कम्पनीले गरेको नाफामा कर्मचारी खर्च, प्रशासनिक तथा अन्य खर्च, विक्री तथा वितरण खर्च र कर जस्ता खर्च समेत कटाउँदा २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा भएको हो ।

गत वर्षको पहिलो त्रैमासको तुलनामा यसवर्ष कम्पनीको विक्री बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३८ करोड २४ लाख रुपैयाँ बराबरको विक्री गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो विक्री १ अर्ब २३ करोड १० लाख रुपैयाँ बराबर थियो । कम्पनीले गोल्डेनओक, व्ल्याक ओक लगायतका मदिरा उत्पादन र विक्री गर्ने गर्छ । 

कम्पनीले तीन महिनाको अवधिमा सरकारलाई ६२ करोड ६६ लाख रुपैयाँ अन्तशुल्क तिरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ४५ लाख रुपैयाँ अन्तशुल्क तिरेको थियो । कम्पनीको विक्री बढेको र सरकारले अन्तशुल्क दर पनि बढाएका कारण सरकारलाई बुझाइने अन्तशुल्क बढेको देखिएको हो ।

कम्पनीको सेयर पुँजी १ अर्ब ५१ करोड ८४ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ५६.८४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६० गुणा र नेटवर्थ २०१.६४ रुपैयाँ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप