शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतन्त्रको रक्षा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन गठबन्धन : प्रचण्ड

मङ्गलबार, २९ कात्तिक २०७९, १५ : ४४
मङ्गलबार, २९ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा, राजनीतिक स्थिरता र विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले जित्नै पर्ने बताएका छन् । मंगलबार पश्चिम नवलपरासीको बर्दघाट चौपत्तामा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा सुशासन र विकासमार्फत राजनीतिक परिवर्तनलाई संस्थागत गर्न जरुरी रहेको बताए । 

‘लोकतन्त्रको रक्षा गर्न र शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन यो गठबन्धनबाहेक अरू कुनै विकल्प छैन, त्यसैले पनि गठबन्धनका उम्मेदवारहरू विजयी हुन जरुरी छ’, प्रचण्डको भनाइ छ । उनले मलखादको समस्या समाधान गर्न मलखाद कारखाना खोल्न सरकार गम्भीर भएर लाग्ने पनि बताए । उनले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विनोद चौधरीको नवलपरासी आगमले स्थानीय किसानका समस्या, युवा बेरोजगारीको समस्या समाधान हुने र विकासका लागि चौधरी बरदान साबित हुने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप