मधेस कृषि विश्वविद्यालयमा पहिलो शैक्षिक सत्रका लागि भर्ना सुरू
मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार डा.श्रीभगवान ठाकुरले पहिलो शैक्षिक सत्रका लागि विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि भर्ना सुरु गरेको जानकारी दिएका छन् । कात्तिक २९ गतेदेखि मंसिर २८ गतेसम्म अनलाइन माध्यमबाट विद्यार्थी भर्ना लिन सुरू गरिसकेको ठाकुरको भनाइ रहेको छ ।
मधेस प्रदेश सरकारद्वारा गत वर्ष मंसिर २७ गते सप्तरीको राजविराजमा स्थापना गरिएको विश्वविद्यालयले मंगलबारबाट खोलिएको हो । नयाँ भर्ना गर्ने विद्यार्थीले बी.एस.सी.एजी अर्थात् कृषि विषयका लागि स्नातक तहमा भर्ना भई अध्ययन गर्न पाउनेछन् । विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी भर्ना हुन पाउनेछन् । तीन महिनाअघि कोर्स डिजाइन गरिएअनुसार विश्वविद्यालयले खासगरी महिला,मधेसी,दलित,अपाङ्ग, मुस्लिम लगायतका कोटाहरू छुट्याएर पहिलो वर्ष ५० सिटका लागि भर्ना खोलेकोको उपकुलपति डा.वैजनाथ महतोले जानकारी दिए ।
मधेस कृषि विश्वविद्यालय सञ्चालन अध्यादेश २०७८ अनुसार स्थापित प्रदेश विश्वविद्यालयमा अर्को वर्षदेखि कृषि, भेटनरीको,बागवानी,मत्स्य लगायतको पढाइसँगै कृषिको आधुनिकीकरण,व्यवसायीकरण, औजारीकरणको अध्ययन अध्यापन गराइने डा.महतोको भनाइ रहेको छ । विश्वविद्यालयको शैक्षिक गतिविधिले मधेस प्रदेशमै वस्तुको उत्पादकत्व बढाउनुका साथै खाद्य तथा पोषण सुधार हुने विश्वास रहेको छ । कृषकको जीविकोपार्जनमा सुधार तथा रोजगारीमा वृद्धि हुने उद्देश्य विश्वास विद्यालय सञ्चालनमा ल्याएको रजिस्ट्रार ठाकुरको भनाइ रहेको छ । योसँगै विभिन्न समसामयिक विषयमा अनुसन्धान तथा कृषक एवं कृषि प्राविधिकलाई तालिम र प्रविधि प्रसारसमेत गरिने यस विद्यालयले गर्नेछ ।
पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव,मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र मधेश कृषि विश्वविद्यालयका कुलपतिसमेत रहेका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रूपमा गत मंसिर २७ गते विश्वविद्यालयको उद्घाटन गरेका थिए ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?