शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिकालाई राजनीतिमा प्रयोग नगर्ने दलहरूको प्रतिबद्धता

मङ्गलबार, २९ कात्तिक २०७९, १४ : २७
मङ्गलबार, २९ कात्तिक २०७९

कर्णाली प्रदेशका राजनीतिक दलहरूले बालबालिकालाई दलीय प्रचारप्रसारमा प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । वीरेन्द्रनगरमा ‘बालबालिका, विद्यालय र निर्वाचन’ भन्ने नाराका साथ भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा दलका प्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘सेभ द चिल्ड्रेन’को सहयोगमा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले आयोजना गरेको कार्यक्रममा चुनावमा दलहरुलाई बालबालिकाको प्रयोग गरिएको विषयमा गम्भीर समीक्षा भयो । जसमा दलहरूले आगामी दिनहरुमा बालबालिकाको प्रयोग नगर्ने बताए ।

सहभागी राजनीतिक दलका पदाधिकारीहरूले निर्वाचनका लागि हुने मतदान स्थल र केन्द्रहरू पनि बालबालिबालाई प्रभावित पार्ने गरेर विद्यालयमा गर्न नहुने बताए । 

साथै राजनीतिक दलका चुनावी सभा, आमसभा, प्रदर्शन जस्ता कार्यक्रमहरू पनि विद्यालय र विद्यालयका आसपास गर्न नहुने कुरामा दलहरूले सहमत जनाएका छन् । 
यतिमात्र होइन विद्यालय हाताको २०० मिटर आसपास हुने कुनैपनि सभा सम्मेलनमा माइकिङको समेत प्रयोग नगर्ने नेताहरूले प्रतिबद्धता जनाए ।

राष्ट्रिय जनमोर्चाका प्रतिनिधि विष्णु शर्माले मतदानका लागि सामुदायिक विद्यालयमा बाध्यत्मक भएका कारण त्यसको समाधानका लागि नयाँ विकल्प खोजीनुपर्ने तर्क राखे । 
राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्खेत जिल्ला सदस्य जनक आचार्यले बालबालिकाहरूलाई चुनावी सभामा जबरजस्त प्रयोग गरिँदै आएको दाबी गरे । त्यसमा स्वंयम दलहरुले ध्यान पुर्‍याउनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुर्खेत सभापति लक्ष्मी नारायण बस्नेतले सार्वजनिक जग्गाहरू नभएका कारण चुनावको समयमा विद्यालयहरू प्रयोगमा आउने गरेको र बालबालिकाको पढाईमा समस्या हुने गरेको बताए । त्यसका लागि अब हुने निर्वाचन तथा राजनीतिक कार्यक्रमहरू पनि विद्यालय तथा बालबालिकालाई कुनै असर नपर्ने ठाउँमा गरिनुपर्ने तर्क राखे । उनले आफ्नो दल त्यसमा अग्रसर भएको दाबी उनको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका सुर्खेत जिल्ला सदस्य लोकप्रसाद चालिसेले बालबालिकारहित निर्वाचन गरिनुपर्ने भनाई राखे । राजनीतिक दलका सहभागी सबै प्रतिनिधिहरूले ६ वटा साझा प्रतिबद्धता जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप