मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

जी २० शिखर सम्मेलन : युद्ध अन्त्य गर्न इन्डोनेसियाका राष्ट्रपति विडोको आह्वान

मङ्गलबार, २९ कात्तिक २०७९, १३ : ०६
मङ्गलबार, २९ कात्तिक २०७९

इन्डोनेसियाका राष्ट्रपति जोको विडोले विश्वलाई ‘युद्ध अन्त्य गर्न’ र ‘व्यापक मतभेद’ लाई कम गर्न आह्वान गरेका छन् । बालीमा भएको जी २० शिखर सम्मेलनलाई सम्बोधन गर्दै  उनले यस्तो आह्वान गरेका हुन् ।  युक्रेनमा रुसी हमलालाई  लिएर भड्किएको असहमति बीच भूराजनीतिक तनावलाई बढाएको छ र खाद्यान्न र विश्वव्यापी रूपमा ऊर्जा मूल्य बढेको छ । 

जी २० सम्मेलन आयोजना गर्न पाउनु इन्डोनेसियाका लागि सम्मानको कुरा भएको बताउँदै जोकोवीसमेत भनेर चिनिने विडोडोले भने, ‘यहाँ जिम्मेवार हुनुको अर्थ हामीले युद्ध अन्त्य गर्नुपर्छ । यदि युद्ध समाप्त भएन भने संसारलाई अगाडि बढ्न गाह्रो हुनेछ ।’

जी २० समूहहरू १९ देश र युरोपियन युनियनले रुसलगायत विश्वका २० ठूला अर्थतन्त्रहरूको प्रतिनिधित्व गर्छन् । यसले विश्वको कुल गार्हस्थ्य उत्पादनको ८० प्रतिशतभन्दा बढी र यसको जनसङ्ख्याको ६० प्रतिशत हिस्सा ओगटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप