शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुकुम्बासीले गरे बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय घेराउ (तस्बिरहरु)

मङ्गलबार, २९ कात्तिक २०७९, १२ : ३७
मङ्गलबार, २९ कात्तिक २०७९

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको १० दिने सूचनाको विरुद्ध सुकुम्बासीहरूले विकास समितिको कार्यालय घेराउ गरेका छन्। 

उनीहरूले १ गते माइतिघरमा वृहत् प्रदर्शनको तयारी समेत गरेका छन्। सरकारले बागमती नदी करिडोर क्षेत्रका घर टहरा भत्काउने अल्टिमेटम दिएपछि सुकुम्बासीहरू आन्दोलित भएका हुन् । 

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गत शुक्रवार एक सूचना जारी गर्दै १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घर टहरा भत्काउन अल्टिमेटम दिएपछि सुकुम्बासीहरुले आफूमाथि सरकारले अन्याय गरेको बताउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप