शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुन तथा चाँदीका गरगहनासहित तीन जना पक्राउ

मङ्गलबार, २९ कात्तिक २०७९, १२ : २४
मङ्गलबार, २९ कात्तिक २०७९

मोरङकाे रंगेली नगरपालिका–४ स्थित सडक छेउबाट सुन र चाँदीका गहनासहित तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारतको अररिया कौवाकोह–४ बस्ने २८ वर्षीय कुमार यादव, अररिया कौवाकोह–३ बस्ने २५ वर्षीय सुरज कुमार यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश कुमार यादव रहेका छन् । 

उनीहरुको साथबाट १ तोला ४ आना ४ लाल सुनको एकथान नेक्लेस र एक जोर बाला, औंठी सहितको पन्जा एक जोर, एक जोर पाउजु र एक थान सिक्री गरी करिब ३१ तोला चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ । 

भारतबाट नेपालतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको ३ जना सवार मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रोक्न खोज्दा मोटरसाइकलमा सवार व्यक्तिले प्लाष्टिकको झोला सोही स्थानमा फाली फरार भएका थिए । 

झोला तलासी गर्दा उक्त परिमाणको सुन तथा चाँदीको गरगहना फेला पारेको थियो । त्यसपछि मोटरसाइकलसहित फरार भएका व्यक्तिहरूको खोजी गर्ने क्रममा रंगेली नगरपालिका–४ चोप्राह बोडर छेउबाट बिआर ३८ जेड १८८० नम्बरको मोटरसाइकलसहित घटनामा संलग्न उनीहरूलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप