मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बैतडीमा खटिएका कर्मचारीलाई तालिम दिइएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालका अनुसार निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई एकदिने तालिम दिइएको हो ।
जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार सय २२ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित जगेडामा रहेका थप १४ गरी चार सय ३६ जनालाई तालिम दिइएको हो । मतदान हुनुभन्दा पहिला खटाइसकेपछि र मतदानका दिन गर्नुपर्ने कामका बारेमा तालिममा सिकाइएको थियो । उनले भने, “मतदानपूर्व गर्ने, मतदानका दिन गर्ने, मतदान पश्चात् मतपेटिका सिल गर्ने बारे र मतदानको दिनभन्दा अगाडि सर्वदलीय बैठक बोलाउने लगायत विषयमा जानकारी गराइएको छ ।”
तालिमपश्चात् आज कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण गरेर मतदान केन्द्रमा खटाइँदैछन् । निर्वाचनमा खटिने कर्मचारी मतपत्र र निर्वाचन सामग्रीसहित मङ्सिर १ गतेभित्र सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयम्सेवक र कार्यालय सहयोगी गरी जिल्लामा एक हजार छ सय ८४ जनशक्ति परिचालन गरिने भएको हो । निर्वाचनमा परिचालन हुने अन्य जनशक्तिलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले अभिमुखीकरण गर्ने जनाएको छ ।
बैतडीमा एक सय २९ मतदानस्थलमा दुई सय १० मतदान केन्द्र छन् । यसका साथै एउटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ । प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको जिल्लामा एक लाख ५० हजार एक सय ५६ मतदाता छन् । यहाँ ११ उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशसभाको दुई सिटका लागि पनि ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीद्वारा आतंकवादी हमलाको निन्दा
-
पहलगाममा आतंकवादी हमला : राष्ट्रपति पौडेलद्वारा गहिरो दुःख व्यक्त
-
पहलगाममा आतंकवादी आक्रमण : साउदीको भ्रमण छोट्याएर भारत फर्किए मोदी
-
भारत प्रस्थान गर्नुअघि धवलले भने–मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा रोकिँदैन
-
सामुदायिक स्कुलका विद्यार्थी घरमै छन्, निजीका पढ्न जान थाले
-
केयूमा पहिलोपटक खेलकुद महोत्सव, देशैभरका क्याम्पसबाट पाँच हजार विद्यार्थी सहभागी