सरकारले दियो मंसिर ४ र ५ गते सार्वजनिक बिदा
मङ्गलबार, २९ कात्तिक २०७९, ११ : ४८
सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विद्यालयलाई भने दुई गतेदेखि नै विदा दिइने सूचनामा उल्लेख छ ।
गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरदेखि ५ मंसिरसम्म विद्यालय बिदा दिने निर्णय भएको उल्लेख छ ।
निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो । गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनमोलको प्रेमिका बन्न पाउँदा खुसी छु – जसिता
-
सुदूरमा नाउपा : आधा सत्तापक्ष र आधा प्रतिपक्षको बेन्चमा
-
गिरिबन्धु टी स्टेट्बारे ओलीलाई देउवाको प्रश्न : आफूले गरेको कुरा भन्न किन आपत्ति ?
-
‘सकस’मा जम्दै राजु र अन्जुको जोडी
-
पार्टी विभाजनको समाचारले हामी पनि आत्तियौँ : माधव नेपाल
-
संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसले पठायो ‘एसएमएस’