बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा ट्राफिक कारबाहीबाट उठ्ने राजस्वमा वृद्धि

मङ्गलबार, २९ कात्तिक २०७९, ११ : २५
मङ्गलबार, २९ कात्तिक २०७९

मधेस प्रदेशमा ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारवाही तीव्र तुल्याएको छ । परिणामस्वरुप राजस्व संकलनमा एक तिहाईले वृद्धि भएको छ । प्रदेशको आठ जिल्लामा ट्राफिक नियम उल्लंघन गरी चलेका सवारी साधनमाथि कारबाहीबाट पछिल्लो तीन महिनामा २४ लाख  १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा झन्डै ६ लाखले वृद्धि भएको छ । यस आर्थिक वर्षको साउन भदौ र असोज गरी ३ महिनाको अवधिमा मधेस प्रदेशको ८ वटै जिल्लामा ट्राफिक नियम विपरीत चलेका ३ हजार ७ सय २० सवारी साधनलाई कारबाही गरिएको थियो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय पथलैयाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा मधेस प्रदेश ट्राफिक प्रहरीले २ हजार ९ सय ६९ सवारी साधनलाई कारबाही गर्दा १८ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

यस आर्थिक वर्षको साउन, भदौ र असोज गरी ३ महिनाको अवधिमा प्रदेशभरि १४ सय ५२ वटा सवारी दुर्घटना भएको छ । ती दुुर्घटनामा १३० जना मानिसको मृत्यु भएको छ । मृत्यु हुनेमा ८९ जना पुुरुष, २८ जना महिला, ७ जना बालक तथा ६ जना बालिका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्याङ्क अनुसार ती दुर्घटनामा दुई हजार चार सय ५६ जना घाइते भएका छन् । घाइते हुनेमा एक हजार ६ सय २३ जना पुुरुष, चार सय ६८ महिला, दुई सय ३२ बालिका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप