शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

राजनीतिमा धन हावी भए युवाहरुको भविष्य समाप्त हुन्छः हृदयेश त्रिपाठी

मङ्गलबार, २९ कात्तिक २०७९, ११ : २२
मङ्गलबार, २९ कात्तिक २०७९

पूर्वमन्त्री एवम जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्दा राज्यमा निरङ्कुश र तानाशाही प्रवृत्ति हावी हुने बताएका छन् । 

नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत बर्दघाट नगरपालिकाको वडाहरूमा भएको संयुक्त भेला तथा घरदैली चुनावी अभियानका क्रममा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष त्रिपाठीले राजनीतिमा धनको हावी भएमा युवाहरुको राजनीतिक भविष्यसमेत समाप्त हुने जिकिर गरे । उनले आफू जीवनको अन्तिम पटक निर्वाचन लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासँग भिक्षा मागेको बताए । अध्यक्ष त्रिपाठीले आफूले मागेको भिक्षा निर्वाचन क्षेत्रका जनताको प्रतिष्ठा, इज्जत, स्वाभिमान र सम्मानका लागि भएको बताए । 

त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार पुण्यप्रसाद पौडेलले पनि गठबन्धनका उम्मेदवार लक्षित गर्दै धनको बलमा मतदाता बिक्री नहुने बताए । चौधरीले चुनाव जित्नकै लागि सिजी नेटदेखि लिएर फाउण्डेसनको नाममा अनुदान समेत दिँदै हिँडेको आरोप लगाउँदै उनले आचांरसंहिता उल्लघंन भएको बताए । प्रदेश सभा सदस्य उम्मेदवार पौडेलले उद्योगपति चौधरी जस्ता धनाढ्यको जितले भविष्यमा देशका राजनीतिकर्मीहरु पलायन हुनुपर्ने स्थिति आउने दाबी गरे ।

यस्तै नेकपा एमालेकी नेतृ एवम पूर्व संविधान सभा सदस्य सिन्धु जलेसा बुढाथोकीले जप्रपा, नेकपा एमाले र जसपाको संयुक्त गठबन्धन मजबुत रहेको भन्दै आफूहरुले चुनाव जित्ने दाबी गरिन् ।  निर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिक दलका नेताहरुले घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप