परिजिता बाँस्तोलाद्वारा भावुक गीत प्रस्तुत, चारै प्रशिक्षकद्वारा उभिएर स्वागत

अमेरिकी द भोइसमा परिजिता बाँस्तोलाले भावुक गीत प्रस्तुत गरेपछि चारै प्रशिक्षकले उभिएर स्वागत गरेका छन् । भोइससको २२ औ संस्करणमा सोमबार, नोभेम्बर १४ का दिन राती ८ बजे सुरु भएको १६ प्रतिस्पर्धीमध्ये १७ वर्षीया पारिजिता बाँस्तोलाको प्रस्तुती टोलीमध्येकै सर्वोत्कृष्ट भएको छ ।
तर अब उनी अघि बढ्ने कि उनको यात्रा यहाँ नै टुङ्गो लाग्ने भन्ने कुरा भोटिङमा पनि निर्भर हुनेछ ।
एक पछि अर्को चरणमा पुग्दै गरेकी परिजिता बाँस्तोला शीर्ष १६ मा परेकी छिन् भने आज बिहान ७ बजे सम्म प्राप्त गरेको मतबाट मंगलबार रातीसम्म शीर्ष १३ मा पुग्ने या नपुग्ने फैसला हुनेछ । उनले सुरुदेखि नै नेपाली पोशाक मै आफ्नो प्रस्तुति गर्दै आएकी छिन् भने आज पनि चौथो पटक पनि उनले नेपाली पोशाक मै प्रस्तुति दिएकी छिन् ।
परिजिताले भावुक गीत छनौट गरि अद्वितीय प्रस्तुति गरेकी छिन । परिजिताको भावुक गीतको प्रदर्शनले प्रशिक्षकहरूबाट उत्तिकै प्रशंसा पाएको छ ।
आज सुरु भएको प्रत्यक्ष प्रसारण जोन लिजेन्डको टोलीले सुरुवात गरेको छ । लिजेन्ड टोलीमा ओमार जोस कार्डोना, किम क्रुज र साशा हुर्टाडो सबैले आफ्नो शक्तिशाली प्रदर्शनका गरे र प्रशंसा पाए ।
तर पारिजिताले ए स्टार इज बोर्नको लेडी गागाको ‘आई विल नेवर लभ अगेन’ को भावनात्मक प्रस्तुतिमा चारै प्रशिक्षकहरूबाट पहिलो स्ट्यान्डिङ ओभेशन (उभिएर स्वागत) पाएकी थिइन्।
परिजिता बास्तोलाका प्रशिक्षक जोनले ‘त्यो भावनात्मक रूपमा सुन्दर प्रस्तुति र यसले सबैको हृदयमा तान्यो,’ भनि प्रशंसा गरे । ‘तपाईंले हामी सबैलाई जादू गर्नुभयो र यो शानदार थियो,’ जोनले भने ।
परिजितालाई मत गर्ने तरिका
अमेरिका बाहिरबाट http://Nbc.com/voicevote मा गएर आफ्नो ईमेल प्रयोग गरी आफ्नो परिचय बनाएर (प्रोफाईल क्रियट) गरेर १० पटक सम्म मतदान गर्न सकिने छ भने अमेरिकाबाट App Store/ Play store मा ‘The Voice App’ डाउनलोड गरेर एउटा उपकरण डिभाईसबाट १० पटक सम्म भोट गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई
-
फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा