शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सनकको भरमा आमा–छोरीको हत्या

मङ्गलबार, २९ कात्तिक २०७९, ११ : ०६
मङ्गलबार, २९ कात्तिक २०७९

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा खुर्पा प्रहार गरेर आमा–छोरीको हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ दुप्चेश्वर–५ स्थित बालकुमारीमा २० वर्षीया सम्झना खतिवडा र उनकी ३ वर्षीया छोरी कृष्टिनाको हत्या भएको थियो ।

हत्यामा संलग्न आरोपमा २१ वर्षीय सोनाम तामाङ उर्फ पुष्कललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी रूपक खड्काले रातोपाटीलाई बताए । पुष्कल र मृतक छिमेकी हुन् । डिएसपी खड्काका अनुसार सोनामले सनकको भरमा आमाछोरीलाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन् । ‘आरोपीले सनकको भरमा हत्या गरेको देखिन्छ,’ डिएसपी खड्काले भने–‘घटनास्थल नजिकैबाट उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेका छौँ ।’

आमा–छोरीको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल नुवाकोटमा ल्याइएको छ । आरोपी धेरैजसो काठमाडौँ बस्थे । मृतक र आरोपीको बीचमा पुरानो विवाद पनि नदेखिएको डिएसपी खड्काले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप