यस्तो छ मिलनको आइटम गीत ‘अलि अलि पिएपछि’
मङ्गलबार, २९ कात्तिक २०७९, १० : ५२
आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिलन’ मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बबिना किराती र कृष्ण केसीको स्वर छ ।
शब्द तथा संगीत टेक पौरखी राईको रहेको गीतको भिडियोमा सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै अभिनेत्री शिल्पा थापा लगायतको टिम देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । निर्माण टिमले यसअघि चलचित्रमा समावेश ‘तिम्रो इसारा काफी छ’ बोलको गीतसँगै ट्रेलर र पोस्टर सार्वजनिक गरेको थियो ।
प्रविन थापा निर्माता रहेको यो फिल्ममा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (ब्याकुली), सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापान मगर लगायतका कलाकारको अभिनय छ । फिल्मको छायांकन काठमाडौं र कालिन्चोकमा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ जारी
-
सबैभन्दा बढी निर्यात भए यी पाँच वस्तु
-
सशस्त्र प्रहरी बल पर्साको १८ औं वार्षिकोत्सव
-
गभर्नर नियुक्तिमा उमेर हद र गुणाकरविरुद्धको निवेदन पेसी सूचीको ४० औँ नम्बरमा
-
दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु