बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ मिलनको आइटम गीत ‘अलि अलि पिएपछि’

मङ्गलबार, २९ कात्तिक २०७९, १० : ५२
मङ्गलबार, २९ कात्तिक २०७९

आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिलन’ मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बबिना किराती र कृष्ण केसीको स्वर छ  ।

शब्द तथा संगीत टेक पौरखी राईको रहेको गीतको भिडियोमा सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै अभिनेत्री शिल्पा थापा लगायतको टिम देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । निर्माण टिमले यसअघि चलचित्रमा समावेश ‘तिम्रो इसारा काफी छ’ बोलको गीतसँगै ट्रेलर र पोस्टर सार्वजनिक गरेको थियो ।

प्रविन थापा निर्माता रहेको यो फिल्ममा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (ब्याकुली), सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापान मगर लगायतका कलाकारको अभिनय छ । फिल्मको छायांकन काठमाडौं र कालिन्चोकमा गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप