आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सूर्या लाइफ इन्स्योरेन्सको १४ औँ वार्षिक साधारणसभा सम्पन्न

मङ्गलबार, २९ कात्तिक २०७९, १० : २९
मङ्गलबार, २९ कात्तिक २०७९

सूर्या लाइफ इन्स्योरेन्सको १४ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सोमबार कम्पनीको रजिस्टर्ड कार्यालय विराटनगरमा सम्पन्न साधारणसभाले संचालक समितिको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरुका साथै लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेको छ । 

कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभामा कम्पनीका संचालक, शेयरधनी, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धक, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

साधारणसभाबाट सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने, गाभिनेसम्बन्धी प्रस्ताव पारित गर्नुका साथै एक आपसमा गाभिए पश्चात् बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम “सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड” कायम गर्ने प्रस्ताव पनि पारित भएको छ । 

त्यसैगरी आर्थिक वर्ष २०७७÷०७८ मा संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत गरेको आर्थिक सहायता रकम १० लाख ४४ हजार ४९९ को कम्पनी ऐनमा भएको व्यवस्था बमोजिम अनुमोदन भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप