मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज पेसी
![मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज पेसी](https://rpcdn.ratopati.com/media/albums/court-sarbocha-adalat-ratop_Bx2yc8kyP1.jpg)
चुनावको मतगणना पश्चात् मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ । मतपत्रसहित सरकारी कागजात जलाउँदा वातावरणलाई प्रतिकूल असर गर्ने र यो कार्य संविधानको प्रावधानविरुद्ध रहेको भन्दै कानुनका विद्यार्थीहरू ऋतिक यादव र रितेश पन्थीले सोमबार रिट दायर गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटको पेसी आजका लागि तोकिएको हो । निर्वाचन आयोगले मुद्दा पर्ने अवधि नाघेपछि छाप लगाइएका मतपत्रलाई जनक शिक्षा सामग्री केन्द्रमा सरकारी कागजात धुल्याउने नियमहरु, २०२७ अनुसार धुल्याउँछ । उक्त नियमको २(ख) ले धुल्याउनुलाई आगोमा डढाउने कार्य भनी परिभाषित गरेको छ।
यसले संविधानले परिकल्पना गरेको मानवअधिकार, धारा १६ को सम्मान पूर्वक बाँच्न पाउने हक, धारा ३० को स्वच्छ वातावरणमा बाँच्न पाउने हक तथा स्वास्थ्यसम्बन्धी हकहरू निष्प्रभावी बन्न पुगेको दाबीसहित रिट दायर भएको हो ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झलनाथ खनालले भने– एमालेले दलाल पुँजीवादसँग अँगालो मार्यो
-
‘सरकार ढल्ने अवस्था कसरी भो ?’ प्रश्नको उत्तर दिँदैमा मन्त्रीहरू हैरान
-
सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा १० मजदुर घाइते
-
एक इन्जिनियर र दुई जना सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
मुख्यमन्त्री काठमाडौँबाट फर्किएपछि राजीनामा बुझाउने तयारीमा एमालेका मन्त्रीहरु
-
सरकारले निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी दिन बाँकी