शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रवीन्द्र मिश्रको घरदैलो कार्यक्रममा मनिषा कोइरालाको साथ (फोटोफिचर)

मङ्गलबार, २९ कात्तिक २०७९, ०९ : ०४
मङ्गलबार, २९ कात्तिक २०७९

अभिनेत्री मनीषा कोइराला प्रतिनिधि सभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रको घरदैलो अभियानमा सहभागी भएकी छिन् । कोइराला आसन्न प्रदेश तथा प्रदेश सभा चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी प्रचारमा सहभागी हुँदै आएकी छिन् ।

आज बिहान उनी  काठमाडौं क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहेका राप्रपाबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको चुनावी प्रचारमा सहभागी भएकी हुन् । घरदैलोको क्रममा कोइरालाले राप्रपाका उम्म्दवारहरुलाई मत दिन मतदातालाई आग्रह गरेकी थिइन् । 

बिहान ७:३० बजेदेखि मिश्रसहित राप्रपाका नेता कार्यकर्तासँगै कोइराला बबरमहल क्षेत्रको घरदैलोमा सहभागी भइरहेकी छिन् ।  कांग्रेसका संस्थापक नेता विपी कोइरालाको नातिनीसमेत रहेकी कोइरालाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन वीपीको सिद्धान्तमा इमानदार रहेको दाबी गर्दै आएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप