आन्तरिक वायुसेवा कम्पनी : सुगममा जोड, दुर्गममा अनिच्छुक

हवाई नीतिमा वायुसेवा प्रदायक कम्पनीहरूले दुर्गम क्षेत्रमा अनिवार्य उडान गर्नुपर्ने व्यवस्था भए पनि नेपालका अधिकांश कम्पनी त्यसमा अनिच्छुक रहँदै आएका छन् । लाइसेन्स लिने बेला दुर्गममा अनिवार्य उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका कम्पनीहरू सुगममै सीमित हुँदा नियामक निकाय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भने चासो नदिएको गुनासो छ ।
‘सुगममा हवाई उडान गर्ने कम्पनीहरूले एकातिर हवाई नीतिको व्यवस्था र अर्कोतर्फ सामाजिक उत्तरदायित्वको नियमअनुसार दुर्गम क्षेत्रमा उडान भर्नुपर्ने हो,’ जुम्लाका हरि बुढाले भने, ‘तर, नेपालमा सुगम रुटमा उडान गरेर मस्त कमाइरहेका कम्पनीलाई न नीति न सामाजिक उत्तरदायित्वले नै निर्देशित गर्न सक्यो ।’ देशभर हवाई सेवा दिँदै आएका ९ विमान कम्पनीमध्ये बुद्ध, श्री, सौर्य, यतीलगायतले दुर्गममा सेवा दिएका छैनन् । यतीको अर्को कम्पनी तारा एयरलाइन्ससँगै समिट र सीता तथा सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले भने दुर्गमका विमानस्थलमा उडान भर्ने गरेका छन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला