बस र ट्यांकर ठोक्किएपछि चालक भागे, पृथ्वी राजमार्गमा अत्यासलाग्दो जाम
पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेववेशी–गजुरी सडक खण्डमा बस र तेल ट्यांकर ठोक्किएको छ । काठमाडौंबाट दाङ जाँदै गरेको ना.६ ख १२८५ नम्बरको बस र काठमाडौं आउँदै गरेको ना.७ ख ४२१३ नम्बरको ट्यांकर ठोक्किएर दुर्घटना हुँदा सो क्षेत्रमा अत्यासलाग्दो जाम भएको छ ।
बसले ट्यांकरलाई ओभर टेक गर्ने क्रममा दुर्घटना हुँदा दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर डबल बहादुर बमले रातोपाटीलाई बताए । बसमा सवार नारायणप्रसाद रिजाल र २७ वर्षीय कृष्ण विक घाइते भएका हुन् । रिजालको नाक र मुखमा चोट लागेको छ । विकको छातीमा चोट लागेको र उनको धार्केस्थित साइबाबा अस्पतालमा उपचार भइरहेको छ ।
महादेव वेशीबाट १ किलोमिटर गजुरीतर्फ दुर्घटना भएपछि बसका चालक फरार भएका थिए । चालकलाई सम्पर्कमा ल्याएर राजमार्ग खुलाउने प्रयास भइरहेको इन्स्पेक्टर बमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का