मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नुवाकोटमा खुकुरी प्रहार गरेर आमा छोरीको हत्या

सोमबार, २८ कात्तिक २०७९, २२ : ०५
सोमबार, २८ कात्तिक २०७९

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा खुकुरी प्रहार गरेर आमा छोरीको हत्या गरिएको छ । दुप्चेश्वर–५ स्थित बालकुमारीमा खुकुरी प्रहार गरेर २० वर्षीया सम्झना खतिवडा र उनकी ३ वर्षीया छोरी कृष्टिनाको हत्या भएको जिप्रका नुवाकोटका प्रवक्ता (डीएसपी) रुपक खड्काले रातोपाटीलाई बताए । 

हत्याको कारण र आरोपीको पहिचान खुल्न बाँकी रहेको डीएसपी खड्काले बताए । उनले भने– ‘हाम्रो टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप