एमालेका केन्द्रीय सदस्य रामप्रित रामले छाडे पार्टी
सोमबार, २८ कात्तिक २०७९, २१ : ४१

नेकपा एमालेका केन्द्रीय सदस्य रामप्रित रामले आफ्नो पदबाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रामले सोमबार एक विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका हुन् ।
केन्द्रीय सदस्य रामले पार्टी केन्द्रीय कमिटी बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनि गरेको निर्णय उल्ट्याउँदै एकल क्षेत्रीय राष्ट्रवाद र घोर दक्षिणपन्थी दलहरूसँग साठगाँठ गरेको आरोप लगाउँदै पार्टीबाट राजीनामा दिएको बताएका छन् ।
एमाले निकट जाति मुक्ति समाजका केन्द्रीय सचिव समेत रहेका रामले पार्टीको साधारण सदस्य समेत नरहने गरी केन्द्रीय कमिटी सदस्य लगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । सिरहाको धनगढीमाईका स्थायी बासिन्दा उनी यसअघि नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु