आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

सोमबार, २८ कात्तिक २०७९, २१ : १५
सोमबार, २८ कात्तिक २०७९

भक्तपुरको भक्तपुर नगरपालिका–१ नगरकोट मोडस्थित जय नेपाल चोकमा पानी ट्याङ्ककरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती प्रदेश–०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकलका चालक २६ वर्षीय साजन दुवारी छन् ।

उनी थिमी नगरपालिका–१ लोकन्थली बस्दै आएका थिए । ​दुवारीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर कालोपाटीबाट सल्लाघारीतर्फ आउँदै गरेको बा.४ ख ४२६८ नम्बरको पानी ट्याङ्करसँग ठोक्किएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । 

मोटरसाइकलमा सवार झापा घर भएका २३ वर्षीय अनिल शाह घाइते छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्ककर चालक ब्यासी बस्ने २८ वर्षीय प्रविण सुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप