तालिबानले शरिया कानुन अन्तर्गत सजाय दिने
तालिवान नेता हैबतुल्लाह अखुन्दजादाले अफगान न्यायाधीशहरूलाई इस्लामिक शरिया कानुनमा आधारित केही अपराधहरूलाई सजाय दिन आदेश दिएका छन् । यी सजायहरूमा सबैसामु अंगभंग गर्नेदेखि ढुङ्गा हानेर समावेश छ ।
तालिवानका प्रवक्ताले डकैती, अपहरण र देशद्रोह जस्ता अपराधलाई इस्लामिक शरिया कानुनको आधारमा सजाय दिनुपर्ने बताएका छन्। सन् १९९० को दशकमा तालिबानले सत्ता लिएपछि त्यस्ता सजायको लागि विश्वभरि नै उनको निन्दा भएको थियो। यी सजायहरूमा सार्वजनिक मृत्युदण्ड पनि समावेश थियो। तालिबानले गत वर्ष फेरि सत्ता लिएपछि उनीहरूले थप संयमित भएर शासन गर्ने वाचा गरेका थिए।
तालिबानका सर्वोच्च नेताले कानुन उल्लङ्घन गरी अपराध गरेमा न्यायाधीशहरूले शरिया अनुसार अपराधीहरूलाई सजाय दिनुपर्ने बताएका छन्। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आइतबार ट्वीट गर्दै मुल्लाह अखुन्दजादाले न्यायाधीशहरूको समूहलाई भेटे र त्यसपछि "अनिवार्य" आदेश जारी गरेको जानकारी दिएका छन् ।