बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेहका कारण गुम्न सक्छ दृष्टि

सोमबार, २८ कात्तिक २०७९, १९ : ५०
सोमबार, २८ कात्तिक २०७९

चिकित्सकहरुका अनुसार मधुमेहले शरीरका स्नायु, मिर्गौला, मुटुसँगै आँखामा जटिल समस्या निम्त्याउँछ । शरीरमा मधुमेह भएको पत्ता लगाउँदा आँखामा असर गरिसकेका बिरामी करिब १० प्रतिशत हुने अध्ययनले देखाएको छ ।

रगतमा सुगर बढेको ५ वर्षमा आँखामा केही परिवर्तन आउने चिकित्सकहरु बताउँछन् ।

मधुमेहलाई सधैँ नियन्त्रणमा राख्नुपर्छ

मधुमेह रोग पहिचान भएपछि कम्तीमा वर्षमा एक पटक नियमित आँखाको नानी फुलाई नेत्र चिकित्सकद्वारा आँखाको परीक्षण गराउन आँखारोग विशेषज्ञ डा.सञ्जिव भट्टराईको सुझाव छ । आँखाको दृश्यशक्ति कम भएपछि मात्र अस्पताल पुग्दा मधुमेहले आँखामा गम्भीर असर गरिसक्ने उनले बताए । ढिलो गरी आँखा जचाउँदा दृष्टि बचाउन ग्राहो पर्न सक्ने उनको भनाइ छ ।

मधुमेहले मिर्गौलामा असर गरिसकेकाहरुलाई उच्च रक्तचापको समस्या हुन सक्ने उनले बताए । गर्भवती महिलाका आँखामा असर धेरै देखिने हुनाले विशेष सावधानी अपनाउन पनि उनले सुझाव दिए । यस्तै, मधुमेहले आँखामा असर गरिसकेको भए नेत्र विशेषज्ञको सल्लाह अनुसार नियमित आँखा परीक्षण तथा उपचार गराउन उनको सुझाव छ । रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राखी रोगको गम्भीरता अनुसार समयमै आँखाको उपचार गर्न सके धेरै हदसम्म दृष्टि बचाउन सकिने चिकित्सकहरु सुनाउँछन् ।

मधुमेहले आँखामा हुने असरहरु

चिकित्सकहरुका अनुसार मधुमेह लागेका बिरामीका आँखामा पटकपटक आनो आउने, आँखा सुक्खा हुने, छिटोछिटो चस्माको पावर परिवर्तन हुने, मोतिविन्दु छिटो देखा पर्ने, जलविन्दुको सम्भावना बढी हुने तथा आँखाको पर्दामा गम्भीर असर देखा पर्दछ ।

यसरी रेटिनामा गम्भीर असर गर्ने चिकित्सकहरु बताउँछन् । रेटिनामा देखापर्ने जटिलतालाई डायबेटिक रेटिनोपोथ भनिन्छ, जसले अन्त्यमा मानिसलाई दृष्टिविहीन पनि बनाउन सक्छ । एक तथ्यांक अनुसार संसारमा ४.८ प्रतिशत अन्धोपन यही कारणले हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप