घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु सबै पूरा गर्छु : ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु कार्यान्वयन गरेर छोड्ने बताएका छन् । सोमवार काठमाडौं क्षेत्र नम्बर ५ मा चुनावी घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग बोल्दै उहाँले यस्तो बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं ५ का जनताले आफूलाई अत्याधिक बहुमत दिएर जिताए एमालले चुनावी घोषणा पत्रमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने बताए । उनले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाता नेकपा एमालेका उम्मेद्वारहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको पनि बताए । उनले वि.सं.२०७४ सालको निर्वाचनमा उम्मेद्वार हुँदा गरेका प्रतिवद्धताहरु सबै पूरा गरेको दाबी गरे ।
काठमाडौं क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यका उम्मेदवार पोखरेलले चुनावी घरदैलो कार्यक्रम निरन्तर गरिरहेका छन् । पोखरेलका घरदैलो कार्यक्रममा नायिका करिश्मा मानन्धरसमेत समेल सहभागी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण