शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु सबै पूरा गर्छु : ईश्वर पोखरेल

सोमबार, २८ कात्तिक २०७९, १९ : १८
सोमबार, २८ कात्तिक २०७९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु कार्यान्वयन गरेर छोड्ने बताएका छन् । सोमवार काठमाडौं क्षेत्र नम्बर ५ मा चुनावी घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग बोल्दै उहाँले यस्तो बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं ५ का जनताले आफूलाई अत्याधिक बहुमत दिएर जिताए एमालले चुनावी घोषणा पत्रमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने बताए । उनले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाता नेकपा एमालेका उम्मेद्वारहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको पनि बताए । उनले वि.सं.२०७४ सालको निर्वाचनमा उम्मेद्वार हुँदा गरेका प्रतिवद्धताहरु सबै पूरा गरेको दाबी गरे ।

काठमाडौं क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यका उम्मेदवार पोखरेलले चुनावी घरदैलो कार्यक्रम निरन्तर गरिरहेका छन् । पोखरेलका घरदैलो कार्यक्रममा नायिका करिश्मा मानन्धरसमेत समेल सहभागी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप