प्रचण्ड पक्राउ गर्न माग गरिएको रिट दरपीठ गर्नुको कारण खोज्यो सर्वोच्चले

सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण मागेको छ । सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण सर्वोच्च अदालत प्रशासनसँग मागेको हो ।
कल्याण बुढाथोकी, ज्ञानेन्द्रराज आरणसमेतले दिएको निवेदनमाथि सुनवाई गर्दै सर्वोच्चले उक्त रिट दरपीठ गर्नुको कारण आफ्नै प्रशासनसँग मागेको हो । १ माघ २०७६ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले माओवादी द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिलाई आधार मानेर बुढाथोकी र आरणसहितले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
तर, २४ कात्तिमा सर्वोच्चले उक्त निवेदन दरपीठ गरेको थियो । निवेदन नै दरपीठ भएपछि उनीहरूले पुनः दरपीठको कारण माग गर्दै अर्को निवेदन दिएका थिए । सोही निवेदनउपर सोमबार सुनुवाइ गर्दै सर्वोच्चले कारण मागेको हो । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममाथिको ३७ संशोधन बहुमतले अस्वीकृत
-
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
-
आज पनि दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
-
सरकारलाई प्रेस सेन्टरले बुझायो १५ बुँदे ज्ञापनपत्र
-
‘दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा सम्झौता गरिएको छैन, भ्रमपूर्ण विज्ञप्तिबाट सचेत रहनुस्’
-
सरकारी नीतिले समस्यामा बाँसजन्य स्वदेशी उद्योग, के चाहन्छन् उद्योगी ?