शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बुद्ध एयरले अब पोखराबाट पनि नियमित बनारस उडान भर्ने

सोमबार, २८ कात्तिक २०७९, १६ : ०९
सोमबार, २८ कात्तिक २०७९

प्रसिद्ध निजी हवाई कम्पनी बुद्ध एयरले अब पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । आगामी जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै कम्पनीले पोखरा–बनारस–पोखरा नियमित उडान भर्ने भएको हो । 
सोमबार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले विमानस्थल सञ्चालनमा आएसँगै लगत्तै बनारस उडान भर्ने जनाएको छ । कम्पनीका अनुसार पोखरा–बनारस–पोखरा सातामा ३ दिन नियमित उडान हुनेछ । हाल कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं–बनारस–काठमाण्डौं नियमित उडान भर्दै आएको छ । योसँगै बुद्ध एयरले दोस्रो विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ ।
निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यहीँ आउँदो जनवरी, २०२३ देखि सञ्चालनमा ल्याउने तयारी नागरिक उड्डयन प्राधिकरणको रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप