शान्ति सम्झौता गरेकै दिन मैले रुखमा छाप लगाएँ, गिरिजाप्रसादले हँसिया हथौडामा छाप लगाउनुभयो : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झोतादेखि गठबन्धन सुरु भएको बताएका छन् । गोरखा क्षेत्र नम्बर २ अन्तर्गत रहेको पालुङटार बजारमा सोमबार सत्ता गठबन्धन दलले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गरेकै दिन आफूले रुखमा छाप लगाएको र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाएको उल्लेख गरे । उनले सो ऐतिहासिक आधारमा दुई दलको गठबन्धन रहेको बताउँदै अहिले कांग्रेस मतदाताले हसिँया हथौडामा छाप लगाउने कि नलगाउने भन्दै प्रश्न गरे ।
उनले राष्ट्रको ऐतिहासिक आवश्यकता र महत्वलाई ध्यान दिएर अहिलेको गठबन्धन बनेको बताए ।
प्रचण्डले भने, ‘यो देशमा जहिलेसम्म संविधानमाथि खतरा हुन्छ, जहिलेसम्म अराजकता रहन्छ त्यो बेलासम्म यो गठबन्धन रहन्छ । यो गठबन्धन प्रतिगमनको खतरा रहँदासम्म यो गठबन्धन रहन्छ । त्यो दश पन्ध्र वर्षसम्म पनि कायम रहन सक्छ । यो गठबन्धनलाई दृढतापूर्वक समर्थन गर्न आग्रह गर्छु ।’
उनले गोरखाका आफ्नो उम्मेदवारी अवसर र चुनौतीको रुपमा रहेको बताउँदै शान्ति, आर्थिक विकास र समृद्धिको अभियान गोरखाबाट सुरु गर्न आफ्नो उम्मेदवारी रहेको बताए । त्यसका लागि कांग्रेसले आफूलाई सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । प्रचण्डले गोरखाबाट गरिएको विकास र समृद्धिको यात्रा देशभरीनै देखिनेगरी काम गर्न आफू गोरखा आएको बताए । उनले फेरी प्रतिगमन माथि नउठाउन गठबन्धन दललाई निर्वाचित गर्न आग्रह गरे ।
हिजो युद्धका क्रममा राज्य पक्षबाट र विद्रोही माओवादीको तर्फबाट पूरै जित्ने अवस्था नरहेको, युद्ध लम्ब्याउँदै गर्दा ५० हजारबढीको मृत्यु हुने अवस्था समेत रहने र विदेशी सेना आएर हस्तक्षेप गर्ने अवस्थामा माओवादी र कांग्रेस मिलेर शान्ति प्रक्रिया सुरु गरेको बताए ।
त्यो परिस्थितिलाई शान्तिपूर्ण अवस्था ल्याउन विस्तृत शान्ति सम्झौता नगरेको भए देश गम्भीर दुर्घटनामा जाने अवस्था आउने र त्यस्तो परिस्थितिबाट देशलाई शान्तिको युगतर्फ ल्याउन कांग्रेस तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूले भूमिका खेलेको बताए । उनले कोइराला शान्तिको नायक रहेको बताउँदै कांग्रेस नेता पौडेलले आफूलाई शान्ति र क्रान्तिका नायक भनेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा प्रचण्डले गोरखामा गेमचेन्जर आयोजनको रुपमा बुढीगण्डकी जलबिद्युत आयोजना रहेको उल्लेख त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाए । गोरखामा सडक सञ्जालबाट गोरखालाई समृृद्ध बनाउने, यहाँका टारहरुमा सिंचाईको सुविधा पुर्याएर आर्थिक विकास गर्ने, हिमालीय पर्यटनको विकास, जडिबुटी प्रशोधनबाट यहाँका जनताको आर्थिक विकास गर्न सकिने, गोरखकाली रबर उद्योगलाई सञ्चालन गरेर यहाँको युवाहरुलाई रोजगारी दिन पहल गर्ने बताए ।
उनले पालुङटारमा एयरपोर्ट बनाएर पाइलट तालिम केन्द्र बनाउने सपना समेत सुनाए । उनले आफूले गोरखामा घरदैलो गर्दा यहाँका जनताको चाहना सबै बाटो कालोपत्रे होस भन्ने चाहना रहेको बताउँदै आफूले पहिलो काम गर्ने प्रतिज्ञा गरे । उनले प्रत्येक वडामा कालोपत्रे बाटो लगेर पालुङटारलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने उल्लेख गरे ।
उनले युद्धका क्रममा मारिएका कांग्रेसका नेता कार्यकर्ताको नाममा स्मारक बनाउने बारेमा विधेयक अघि बढाइएको उल्लेख गर्दै ओलीले संसद विघटन नगरेको भए सो विधेयक पास भइसक्ने उल्लेख गरे । उनले माओवादी युद्धका क्रममा माओवादीका कारण ज्यान गुमाउन बाध्य भएकाहरूको परिवारलाई भेटेर कुरा गर्न चाहेको उल्लेख गरे । उनले गठबन्धनलाई कमजोर बनाउने स्वतन्त्र उम्मेदवारको कुरा नसुन्न समेत आग्रह गरेका छन् ।
कार्यक्रमका तस्बिरहरु-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान