गठबन्धन २० वर्ष जाओस्, अब यताउता हुँदैन : प्रचण्ड
सोमबार, २८ कात्तिक २०७९, १५ : २५
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हालको गठबन्धन २० वर्षसम्म पनि जानसक्ने बताएका छन् । सोमबार लमजुङको राइनासमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यो गठबन्धन चुनावसम्म मात्र नभई लामो समय जाने बताएका हुन् ।
‘कतिपयले भन्छन् चुनावपछि फेरि अर्कै गठबन्धन बन्छ कि ? हुँदैन केही पनि । जबसम्म यो देशमा संविधान, लोकतन्त्र र शान्तिमाथि तथा जनताले पाएको अधिकारमाथि चुनौती रहिराख्छ, तबसम्म यो गठबन्धन पनि गइराख्छ’, प्रचण्डले भने, ‘१०, १५, २० वर्षसम्म जाओस्, अर्को प्रयोग हुँदैन ।’
उनले केपी ओलीसँग एकता गरेर आफूले ज्ञान प्राप्त गरेको भन्दै अब त्यो ज्ञान यताउता नहुने बताए । ‘अव त्यो ज्ञान यताउता हुनेवाला छैन, यही गठबन्धनलाई लिएर जाने हो,’ प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण