बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

३२ दिनमा ‘गुलाबी’को ‘इण्ड क्ल्याप’

सोमबार, २८ कात्तिक २०७९, १५ : २०
सोमबार, २८ कात्तिक २०७९

फिल्म ‘गुलाबी’ को छायांकन सकिएको छ । कास्कीको धम्पुसबाट छायांकन प्रारम्भ भएको फिल्मको आइतबार ठमेलमा अन्तिम दृश्य खिचिएसँगै ‘इण्ड क्ल्याप’ गरिएको हो । 

फिल्म धम्पुसको अलवा पोखरा र काठमाडौंमा पनि खिचिएको निर्माण युनिटले जनाएको छ । ३२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक समुन्द्र भट्टले जानकारी दिइन् । फिल्ममा समावेश एक गीत भने खिच्न बाँकी छ । 

पारलैङ्गिकताको कथा बोल्ने फिल्म ‘गुलाबी’मा नाजिर हुसैन, सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाको मुख्य भूमिका छ । फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसैनले मिलेर तयार पारेका हुन् ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘गुलाबी’ मा आलोक शुक्लाको छायांकन छ  । सम्राट बस्नेतको द्वन्द्व रहेको फिल्ममा लेखु सहयात्री र शान भुषालको संगीत संयोजन रहनेछ । फिल्म आगामी फागुनमा प्रदर्शनको लक्ष्य रहेको निर्देशक भट्टले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप