नेप्से सूचक २१ अंकले बढ्यो, ९४ करोड ६० लाखको कारोबार
सोमबार, २८ कात्तिक २०७९, १५ : १६
सेयर बजार सूचक नेप्सेमा सोमबार २१ अंकमाथिले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २१.२६ अंकले बढ्दै १९०४.४३ अंकमा उक्लिएको हो । यस्तै आज क वर्गको सन्सेटिभ इन्डेक्स समेत ४.५० अंकले बढ्दै ३७५.०३ अंकमा उक्लिएको छ ।
आज १३ वटै उपसमूह धनात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक ३.१३ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक २.७१ प्रतिशतले, होटल तथा टुरिजम २.२७ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह २.२० प्रतिशतले र हाइड्रोपावर २.०७ प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी आज तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताहरुले ९.८४ प्रतिशतले कमाएका छन् भने लक्ष्मी इक्यूटी फन्डका लगानीकर्ताहरुले ६.५८ प्रतिशतले गुमाएका छन् । २१ अंकमाथिले बढेको बजारमा आज कुल ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते