शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता प्रदीपले पाए भारतमा अवार्ड

सोमबार, २८ कात्तिक २०७९, १५ : ११
सोमबार, २८ कात्तिक २०७९

अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेता अवार्ड हात पारेका छन् । आइतबार साँझ आयोजित ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा उनलाई फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फको डेब्यु अभिनेताको अवार्ड दिइएको हो । 

अभिनेता खड्काले आफूले अवार्ड पाएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले फेसबुकमा अवार्डको तस्बिरसहित आयोजकलाई धन्यवाद समेत दिएका छन् । ‘प्रेमगीत ३’ का निर्माता तथा निर्देशक सन्तोष सेन हुन् ।  फिल्मको हिन्दी संस्करण भारतमा पनि प्रदर्शन भएको थियो । फिल्मले विश्वव्यापी रुपमा ३९ करोड कमाएको यो फिल्मले नेपालबाट मात्रै १५ करोड ८ लाख कमाएको निर्माण युनिटको दाबी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप