शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा रामचन्द्र पौडेलले भने– ‘प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन्’

सोमबार, २८ कात्तिक २०७९, २२ : ३४
सोमबार, २८ कात्तिक २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रान्ति र शान्तिका नायक भएको बताएका छन् । सोमबार सत्ता गठबन्धन दलले गोरखा क्षेत्र नम्बर २ पालुङटारमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले प्रचण्ड क्रान्ति र शान्ति दुवै प्रक्रियाको नेतृत्वकर्ता र बिरलै पाइने नेता रहेको बताए । 

उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा भएको विस्तृत शान्ति सम्झौताको आफूले मस्यौदा गरेको बताए । उनले प्रचण्ड र गिरिजाप्रसाद कोइरालाको संयुक्त प्रयासबाट अहिलेको परिवर्तन आएको बताए । पौडेलले अहिले स्थानीय तहमा आएको अधिकार र वडाध्यक्षले विकासका लागि खर्च गर्न सक्ने परिवर्तन सानो परिवर्तन नभएको बताए । 

नेता पौडेलले नेपाली कांग्रेसका मतदातालाई हिजो विगतमा के भयो भनेर साध्य नचल्ने भन्दै पुराना कुरालाई बिर्सेर भविष्य हेर्न आग्रह गरे । उनले नेपालमा रोजगारी बढाउन, विकास निर्माणका काम अघि बढाउन आग्रह गरे । उनले वीपी कोइरालाले भनेजस्तो राष्ट्रिय एकता गरेर जानुपर्ने बताए । 

उनले संविधान र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन बनाइएको बताउँदै यो एकता पछिसम्म निरन्तर अघि बढ्ने उल्लेख गरे । उनले एमालेले नक्कली राष्ट्रवादी कुरा गर्ने बताउँदै एमाले संसदमा किन जाने भन्दै प्रश्न गरे । उनले पटक–पटक संसद भंग गर्ने एमाले किन संसदमा जाने भन्दै गठबन्धनका उम्मेदवारलाई मत दिएर निर्वाचित गर्न आग्रह गरे ।

उनले गण्डकी प्रदेशमा कृषि पर्यटनको ठूलो संभावना रहेको बताउँदै यो क्षेत्रबाट यो देशलाई नमुना बनाउनुपर्ने बताउँदै गठबन्धन दललाई विजयी बनाउन आग्रह गरे । उनले कांग्रेस मतदातालाई हँसिया हथौडामा मतदान गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप