माछामा भोट माग्दै ओलीले भने– बाटो थाहा छैन, घण्टी बजाका छन् हिँड्याछन् !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माछामा भोट मागेका छन् । सोमबार चितवन –३ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसबाट वागी उम्मेदवारी दिएका दिनेश कोइरालाको चुनाव चिह्न माछामा भोट मागेका हुन् । अरू स्वतन्त्र उम्मेदवारजस्तो दिनेश कोइराला नभएको भन्दै उनले भने, ‘यस ठाउँमा हामीले दिनेश कोइरालालाई समर्थन गरेका छौ । उहाँ राजनीति गरेर आएको मान्छे हो, नारायणीको किनार माछा चिह्न ।’
‘मैले सुनेको छु यस क्षेत्रमा अनेक थरी मान्छे उठेका छन् । कोही बिरामी जाँच्नुपर्ने अस्पताल छोडेर यता आएछन् । कोही टेलिभिजनमा समाचार भन्नुपर्ने त्यो छोडेर यता आएछन् । कोही के गर्नुपर्ने हो ? कता जानुपर्ने हो बाटो थाहा छैन, घण्टी बजाछन् हिँड्या छन् । कता हो कता ? दिनेशजी त्यस्तो होइन’, ओलीको भनाइ छ ।
उनले क्षेत्र नम्बर १ का सुरेन्द्र पाण्डे पनि एक समय अलमलमा परेको तर अहिले समालिएर ठेस नलाग्नेगरी हिँडेको बताए । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेले कांग्रेसका बागी उम्मेदवार कोइरालालाई समर्थन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते दसैँमा कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
बंगालको खाडीबाट जलवास्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षाको सम्भावना
-
स्वास्थ्य बीमा अन्तर्गत झापा सबैभन्दा धेरै बीमित भएको जिल्ला
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा आर्सनल विजयी, रियाल मड्रिड ३-० ले स्तब्ध
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?