तोसिमा कार्कीको उम्मेदवारी कायम, सर्वोच्च अदालतद्वारा अन्तरिम आदेशलाई निरन्तरता
सोमबार, २८ कात्तिक २०७९, २२ : ३२
सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा तोसिका कार्कीको उम्मेदवारीसम्बन्धी विवादमा यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । निर्वाचन आयोगले अदालतको आदेशप्रति चित्त नबुझाएर भ्याकेट निवेदन लिएर गएकामा अदालतले यसअघि कै अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उनी मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदमा रहेको र सो लाभको पद रहेको दाबी गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । तर, यसविरुद्ध तोसिमाले रिट दायर गरेकामा न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो ।
त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण