प्रचण्डलाई ओलीको चेतावनी : एमालेसँग दुश्मनी गर्ने सिद्धिन्छन्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरू पार्टीका चुनावी घोषणापत्र कार्यान्वयन गर्न नभइ जनता ढाँट्न ल्याएको बताएका छन् । सोमबार चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनमा रहेका पार्टीहरूले फरक फरक घोषणापत्र ल्याएकाले उनीहरूले कार्यान्वयन गर्न नसक्ने बताएका हुन् ।
‘अरू पार्टीका घोषणापत्र कार्यान्वयन गर्न होइन, जनता ढाँट्न ल्याएका हुन् । गठबन्धन पछि पनि रहन्छ रे १ कांग्रेसले एउटा घोषणापत्र जारी गरेको छ, माओवादीको अर्को, माधव नेपालको, अर्को लोसपा । एउटा भन्छ गणतन्त्र अर्को होइन भन्छ । त्यसैमा झगडा हुन्छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । उनले एमालेले देश बनाउने गन्तव्य हो अघि सारेको भन्दै एमालेले नै मेलम्चीको पानी ल्याएको दावी गरे ।
उनले राम लक्ष्मण जन्मेको ठाउँमा आफूले रामजन्म भूमि ल्याउँदा माओवादीका अध्यक्ष प्रचण्डले गरेको टिप्पणीप्रति कटाक्ष गर्दै भने, ‘एकजना यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठायो, लखेट्ने भो भने । मलाई थाहा थियो एमालेसँग दुश्मनी गर्ने पनि सिद्धिन्छन् । सीता, राम, लक्ष्मण, हनुमानसँग दुश्मनी गर्ने सिद्धिन्छन्। चुप लागेको भए हुन्थ्यो दुश्मनी गरे ।’
ओलीले त्यसो भन्ने नेता उकालोतिर लागे भन्दै प्रचण्डलाई संकेत गरे । ‘एकपल्ट काम लाग्छ त्यो पनि । भाग्या ठाउँ पनि एकपल्ट काम लाग्छ’, ओलीले भने, ‘हालत के रहेछ गोरखामा पनि ? भोट गरेर चुनाव जित्ने अवस्था रहेनछ । मान्छे कुट्न थाले ।’
उनले वियरका बोतलले अर्काको टाउकोमा हान्ने हो डेमोक्रेसी भन्दै प्रश्न समेत गरे । गठबन्धनलाई फुटेको हाडीको चोइटाको संज्ञा दिँदै उनले देशका लागि अभिशाप बनेको बताए । ‘अस्पताल, स्कुल, बाटा बनाउने योजना काट्छन् । बैंकमा पैसा छैन । व्याजदर बढेको बढ्यै छ’, ओलीले भने, ‘आज गतिलो मोबाइल र राम्रो गाडी चढ्छु भन्दा पनि पाइँदैन । नेपालमा यसअघि सायद यस्तो सुनिएको थिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण