देशमा रोजगारी सिर्जना गर्न हलोमा भोट हाल्नुपर्छः पोखरेल
राप्रपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिध सभा सदस्य उम्मेदवार रहेकी कुन्तीदेव पोखरेलले देशमा रोजगारी सिर्जना गर्नका लागि राज्यको सही नीति नभएको बताएकी छिन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित डाँछीका आममतादाता तथा सुुभचिन्तकसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले नेपालको रोजगारी समस्या समाधान गर्न पर्याप्त मात्रामा कलकारखाना खोल्नुपर्ने भन्दै त्यसका लागि आफू र आफ्नो पार्टी राप्रपाको चुनाव चिह्न हलोमा भोट हालेर विजयी गराइनुपर्ने बताइन् ।
उनले आफू उद्यमी भएको र उद्योगहरु सरकारी नीतिका कारणले कसरी डुव्छन् भन्ने विषयमा जानकार रहको बताइन् । उनले भनिन्, ‘म नेपालमा उद्यम गर्छु भनेर पनि राम्रोसँग गरिखान खान पाइँदैन भन्ने अवस्थामा आयो भने कसले आफ्नो घर खेत राखेर उद्योग चलाउन सुरु गर्ला ?’ म यस विषयमा जानकार छु कि नेपालमा उद्योग कसरी डुब्छन् र डुवाउने प्रयास गरिन्छ भन्ने विषयमा । यस कारण अब नेपालमा सम्पूण नीतिहरु परिवर्तन गरी नेपालमै रोजागार सिर्जना गर्ने वातारण निर्माण गर्न आवश्यक छ त्यसकारण सबैले ‘हलो’ मा भोट हालौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाहेतर सम्बन्धले निम्त्याएको अपराध : चार वर्षमा ३३ जनाको हत्या
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा