गीतकार उपाध्यायलाई भारतको ‘श्री दादा साहेव फाल्के इन्टरनेशनल फिल्म एण्ड टेलिभिजन अवार्ड’ प्रदान

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायले भारतको प्रतिष्ठित अवार्ड ‘श्री दादा साहेव फाल्के इन्टरनेशनल फिल्म एण्ड टेलिभिजन अवार्ड २०२२’ बाट सम्मानित भएका छन् । आइतबार साँझ मुम्बईमा आयोजित एक विशेष समारोहमा डा.उपाध्यायलाई यो अवार्ड अर्पण गरिएको हो ।
भारतमा ‘दादा साहेव फाल्के’ अवार्ड एउटा भारतको केन्द्रीय सरकारले प्रदान गर्दै आएको छ, भने अर्को ‘श्री दादा साहेव फाल्के इन्टरनेशनल फिल्म तथा टेलिभिजन’ अवार्ड फिल्म फाउण्डेशन र श्रीडिएसपी फिल्म प्रोडक्सनले प्रदान गर्दै आएको छ । डा.उपाध्यायलाई फिल्म फाउण्डेशनले अवार्ड प्रदान गरेको हो ।
गीतकार उपाध्ययले अवार्ड समारोहको केही तस्बिर सार्वजनिक गर्दै अवार्डको विषयमा जानकारी दिँदै अवार्ड प्रदान गर्ने संस्था प्रति आभार समेत प्रकट गरेका छन् । डा.उपाध्यायका गीत–संगीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित ११० विश्व रेकर्ड कायम छन् ।
३० एल्बमसहित सयौँ गीत श्रोता दर्शकमाझ ल्याएको गीतकारका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’ लगायत १४ उपन्यास पाठकमाझ आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ