रातोपाटीले विश्वकपको विशेष ‘रिभ्यू’ गर्ने
सोमबार, २८ कात्तिक २०७९, १२ : १८

डिस्कभरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमले विश्वकप विशेष ‘रिभ्यू’ गर्ने भएको छ । विश्वकपका खेलहरूको विशेष पोष्ट म्याच र प्रि–म्याच ‘रिभ्यू’ का लागि दुई फुटबल खेलाडीलाई एक महिनाका लागि अनुबन्ध गरेको छ ।
विश्वकपका खेलहरूको ‘रिभ्यू’ फुटबल खेलाडी विक्रम लामा र रविन श्रेष्ठले गर्ने भएका छन् । रातोपाटी मिडिया र खेलाडीबीच सोमबार विश्वकप विशेष ‘रिभ्यू’ का लागि सम्झौता भएको छ । रातोपाटी मिडियाको तर्फबाट प्रधान सम्पादक जिवेन्द्र सिम्खडा र खेलाडीको तर्फबाट विक्रम लामाले सम्झौतापत्र आदान प्रदान गरेका छन् ।
रातोपाटीले आफ्नो फेसबुक र युट्युबबाट विश्वकपको ‘रिभ्यू’ प्रसारण गर्ने प्रधान सम्पादक सिम्खडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्यो, तुरुन्तै देश छोड्न आदेश
-
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ
-
अमेरिकामा नेतन्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद
-
अमेरिकाले लगाएको १०४ प्रतिशतको ट्यारिफबारे के भन्छ चीनको सरकारी मिडिया ?
-
अर्घाखाँचीमा आजदेखि दुई दिने पाणिनी तपोभूमि सम्मेलन हुँदै
-
मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला