बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पाकिस्तानले ओस्कार अवार्डमा पठाएको फिल्म देशभित्रै प्रतिबन्धित

सोमबार, २८ कात्तिक २०७९, १२ : १७
सोमबार, २८ कात्तिक २०७९

फिल्म निर्माता सैम सादिकको बहुचर्चित फिल्म ‘जोयल्याण्ड’ मा कथित रुपमा ‘अति आपत्तिजनक सामग्री’ भएको आरोपमा पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ ।

केही महिना अगाडि फिल्म रिलिज गर्ने सर्टिफिकेट दिएपछि यो प्रतिबन्ध लगाइएको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार जोयल्याण्डलाई पाकिस्तानका ेतर्फबाट  ओस्करमा आधिकारिक प्रवेशको रूपमा पठाइएको छ ।

यो फिल्मलाई १७ अगस्टमा सर्टिफिकेट बोर्डले हरियो झण्डा दिएको थियो । यद्यपि, हालै यसको कन्टेन्टको विषयमा आपत्ति जताउन थालेको थियो ।

सूचना तथा प्रसारण मन्त्रालयले देशका रूढीवादी तत्वहरूको प्रतिक्रियाबाट बच्न चलचित्र प्रतिबन्ध लगाएको बताइएको छ ।

एक नोभेम्बरमा मन्त्रालयको तर्फबाट जारी गरिएको अधिसूचनामा फिल्म देशको ‘सामाजिक मूल्य र नैतिक मापदण्ड’ मा खरो उत्रिन नसकेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘फिल्ममा हाम्रो सामाजिक मूल्य र नैतिक मापदण्डसँग मेल नखाने र मोसन पिक्चर अध्यादेश १९७९ को धारा ९ मा व्यवस्था गरिएको ‘शालीनता र नैतिकता’ मापदण्डविपरीत अत्यधिक आपत्तिजनक सामग्री रहेको लिखित उजुरी प्राप्त भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप