‘नाई न भन्नु ल ६’ को सुटिङ तस्बिरमा, रोमान्टिक आर्शिवाद र आँचल
फिल्म ‘नाई न भन्नु ल ६’ युनिट अहिले झापाको बिर्तामोडमा छ । केही दिन काठमाडौंको छायांकनपछि फिल्म खिच्न निर्माण बिर्तामोड पुगेको हो । निर्माण युनिटले फिल्म छायाँकनका तस्बिर तथा भिडियो गोप्य राख्दै आएको छ ।
तर फिल्म सेटबाट फिल्मका मुख्य कलाकार आर्शिवाद क्षेत्री र आँचल शर्माका केही तस्बिर बाहिरिएका छन् । तस्बिर जंगलभित्रको छ । जहाँ आर्शिवाद र आँचललाई रोमान्टिक अन्दाजमा एकअर्काको अंगालोमा बाँधिएको देख्न सकिन्छ ।
फिल्मका निर्देशक विकासराज आचार्य हुन् । हिट फिल्म ‘नाई नभन्नु ल’ को यो छैठौ श्रृङ्खलाको रुपमा निर्माण हुन लागेको हो । अभिनेत्री आँचल शर्मा, नव अभिनेता आर्शिवाद क्षेत्रीको मुख्य भूमिका रहने फिल्म बाल मनोविज्ञानको कथामा बन्न लागेको हो । फिल्मका छायांकार पुरुषोत्तम प्रधान हुन् । आगामी वैशाख १ गते फिल्म रिलिज गर्ने निर्माण युनिटको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल