बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘नाई न भन्नु ल ६’ को सुटिङ तस्बिरमा, रोमान्टिक आर्शिवाद र आँचल

सोमबार, २८ कात्तिक २०७९, ११ : ३५
सोमबार, २८ कात्तिक २०७९

फिल्म ‘नाई न भन्नु ल ६’ युनिट अहिले झापाको बिर्तामोडमा छ । केही दिन काठमाडौंको छायांकनपछि  फिल्म खिच्न निर्माण बिर्तामोड पुगेको हो । निर्माण युनिटले फिल्म छायाँकनका तस्बिर तथा भिडियो गोप्य राख्दै आएको छ ।

तर फिल्म सेटबाट फिल्मका मुख्य कलाकार आर्शिवाद क्षेत्री र आँचल शर्माका केही तस्बिर बाहिरिएका छन् । तस्बिर जंगलभित्रको छ । जहाँ आर्शिवाद र आँचललाई रोमान्टिक अन्दाजमा एकअर्काको अंगालोमा बाँधिएको देख्न सकिन्छ ।

फिल्मका निर्देशक विकासराज आचार्य हुन् । हिट फिल्म ‘नाई नभन्नु ल’ को यो छैठौ श्रृङ्खलाको रुपमा निर्माण हुन लागेको हो । अभिनेत्री आँचल शर्मा, नव अभिनेता आर्शिवाद क्षेत्रीको मुख्य भूमिका रहने फिल्म बाल मनोविज्ञानको कथामा बन्न लागेको हो । फिल्मका छायांकार पुरुषोत्तम प्रधान हुन् । आगामी वैशाख १ गते फिल्म रिलिज गर्ने निर्माण युनिटको योजना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप