टिकटक लाइभमा मौलायो ‘जुवा’, प्रहरी बेखबर
सामाजिक संजाल टिकटक लाइभमा खुलेआम जुवा खेल हुन थालेको पाइएको छ । पछिल्लो समय टिकटक युजरहरुले ‘लाइभ’मा बसेर जुवा खेल्न थालेका हुन् ।
पैसा हारजित हुनेगरी जुवा खेल्नु अवैध मानिएपनि प्रविधिलाई दुरुपयोग गर्दै टिकटकमा हुने जुवा नियन्त्रणमा प्रहरीले चासो देखाएको छैन । टिकटक युजरमध्ये एकजनाले जुवा खेलाउँछन्, लाइभमा आउने अरु खेलाडीहरु खेलमा सहभागी हुन्छन् । त्यस्तोमा हारजितको पैसा मोवाइल बैंकिङ वा कार्डमार्फत लेनदेन हुने गरेको जानकारहरु बताउँछन् ।
टिकटकमा जुवा खेलाउने मध्येका एकजना हुन्, श्याम खतिवडा । लाइभमा जुवा खेलाउँदै उनी भन्छन्–‘बाजेले जित्नुभो पैसा हाल्दिनुहोला ।’ अर्का टिकटक युजर रमेश बुढाथोकीले टिकटकमा तास खेल्न आग्रह गर्दै भनेका छन्, ‘तपाईहरु लाइभमा तास खेल्न चाहनुहुन्छ, क्वाइन लोड गरेर आइहाल्नुस्, म लाइभमा छु ।’
टिकटबाट भइरहेको जुवाबारे जानकारी नभएको साइबर ब्यूरोका प्रवक्ता (एसपी) पशुपति रायले रातोपाटीलाई बताए । उनले भने, ‘मलाई जानकारी भएन, युजर लिंक पठाइदिनुस् कसरी जुवा हुँदोरहेछ हेरौंला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण