बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

पढाइ सकेर जागिरको खोजीमा रहेका विद्यार्थीका लागि ‘आईएसएमटी कलेज जब फेयर’

सोमबार, २८ कात्तिक २०७९, १० : ४८
सोमबार, २८ कात्तिक २०७९

पढाइ सकेर जागिरको खोजीमा रहेका विद्यार्थीहरूको लागि जब मेलाको आयोजना गरिएको छ । गैरीधारा तीनकुनेमा रहेको आईएसएमटी कलेजले ‘आईएसएमटी जब फेयर’ को आयोजना गरेको हो ।

आइतबार आयोजित जब फेयरमा विभिन्न १४ वटा कम्पनीले सहभागिता जनाएका थिए । मेलामार्फत विद्यार्थीहरूले विभिन्न मौका, नियुक्ति तथा इन्टर्नशिप गर्ने मौका पाएका छन् । उक्त मेलामा १५० देखि २०० जना विद्यार्थीले जागिरका लागि अन्तर्वार्ता दिएको आईएसएमटीले जनाएको छ । अन्तर्वार्ता दिएका विद्यार्थीहरूलाई सम्बन्धित कम्पनीले आवश्यकताका आधारमा जागिरको अवसर दिनेछन् । 

देशका शीर्ष रोजगारदाता कम्पनीहरूले जबको खोजीमा रहेका विद्यार्थीहरूसँग मेलाबाटै जागिरको लागि अफर गरेका छन् । आईएसमटी कलेजका एकेडेमिक कोर्डिनेटर गिरिस दाहालले पहिलो पटक आयोजना गरेको जब फेयरबाट ग्र्याजुएट भएका विद्यार्थीको करिअर बनाउन सहयोग पुग्ने बताए । 

‘विद्यार्थीहरूले तीन वर्ष यहाँ पढिसकेपछि जबका लागि जाँदा केही पनि गाह्रो हुँदैन । किनकि हामीले विद्यार्थीलाई त्यसका लागि तयार बनाइसकेका हुन्छौँ,’ उनले भने, ‘विद्यार्थीहरूलाई उनीहरू ग्र्याजुएट भएपछि उनीहरूको करिअरमा सहयोग गर्न हाम्रो पनि कर्तव्य हुन्छ भनेर जब फेयरको आयोजना गरेका हौँ ।’ 

जब फेयर मार्फत ग्र्याजुएट भएका विद्यार्थीलाई विभिन्न कम्पनीले जागिरको लागि अवसर प्रदान गरेको उनको भनाई छ । उक्त जब फेयरबाट विद्यार्थीहरू निकै खुसी भएको र कम्पनीहरूबाट समेत राम्रो प्रतिक्रिया आएको उनको भनाई छ ।   

उक्त फेयरबाट केही कम्पनीले इन्टनसीपका लागि मागेका छन्, भने कुनै कम्पनीले सिधै जागिरका लागि अफर गरेका छन् ।  उक्त फेयरबाट ग्र्याजुएट भएका र अन्तिम वर्षका विद्यार्थीहरूले सहभागिता जनाएको उनको भनाई छ । 

कलेजकी बिबिए प्रोग्राम हेड अनिश्मा आचार्यले विजसेन र आईटी पढेका विद्यार्थीले जब फेयरबाट सेवा पाएको बताइन् । ‘अहिले आईटी र विजनेशलाई मात्र टार्गेट गरेका थियौँ । जब फेयरमा आईटी र विजनेशका १२ वटा कम्पनीको सहभागिता रहेको थियो ।’ आचार्यले भनिन् । 

जब फेयर मार्फत लिफ्रग, सोर्सकोड, सेलकम, पाईथन कम्पनी, सिपद्री, फुडमाण्डु, सोेर्सकोड मिडिया, नारायणी अटो, मिडिया हब, पाई टिच, एफ वान सफ्ट, सेल्सबेरी, सजिलो सेवा लगायतका कम्पनीको सहभागिता रहेको थियो । उनीहरूले आफ्नो आवश्यकता र योग्यताका आधारमा विद्यार्थीहरूलाई छनौट गरेका छन् । छनौटमा परेका विद्यार्थीहरूले सो कम्पनीमा सिधै जागिर तथा इन्टर्नसीपको लागि मौका पाउनेछन् । 

आईएसएमटी कलेजले समेत त्यही जब फेयरबाट जब अफर गरेको छ । केही कम्पनीहरूले यहीबाट छनौट गरेका छन् । भने केही कम्पनीले पहिलो चरणको छनौट गरेर दोस्रो चरणको लागि कार्यालयमा बोलाएका छन् । 

कतिपय विद्यार्थीहरू जागिरको अवसरका लागि आएका थिए भने केही विद्यार्थी अनुभवका लागि समेत आएका थिए । ‘कति जना अनुभवको लागि आएका छन् । छनौटमा पर्ला÷नपर्ला आफ्नो ठाउँमा छ । तर, अन्तर्वार्ता कसरी दिने भने ? कस्तो प्रश्न सोधिने रहेछ ? जस्ता अनुभवको लागि पनि आएका छन् ।’ आचार्यले भनिन् । 

सिप्रदीका म्यानेजमेन्ट ट्रेनी आकर्ष महर्जनले जब फेयरबाट राम्रा राम्रा विद्यार्थी पाएको बताए । जब फेयरबाट फ्रेस व्यक्तिले आवेदन दिएको र उनीहरूको प्रफर्मेन्सको आधारमा जागिर दिइने बताए । आफ्नो कम्पनीले जब फेयरबाट बिबिएको विद्यार्थीलाई फोकस गरेको उनको भनाई छ ।  ‘इन्र्टनीभन्दा पनि फ्रेस ग्र्याजुएटहरूलाई लिने भनेर नै हामीले त्यसमा प्राथमिकता दिएका छौँ । धेरै जसोलाई मार्केटिङमा रुचि देखिएको फाइनान्स र एकाउण्टमा इच्छा भएका कमै पायौँ ,’ उनले भने ।​ 

पाईटेकका सीईओ तथा फाउण्डर रिसबललित झाले आफ्नो कम्पनीले चाहेजस्तो विद्यार्थी पाएको बताए ।  ‘नेपालको आईटीको डाईमेन्सन हेर्नुहुन्छ भने ट्रेडिसनल टेक्नोलोजीको प्रयोग भइरहेको बेला हामीले चाही त्यही कुरालाई परिमार्जन गर्न पाइटेक आईटी सोलुसन खोलेका छौँ,’ उनले भने । ​आईएसएमटीका ग्रेजुटए विद्यार्थीमा आईटीको राम्रो ज्ञान भएको पाइएको उनको भनाई छ । 

जब फेयरबाट तीन जनालाई उच्च प्राथमिकतामा राखेर थप प्रक्रिया अगाडि बढाइसकेको बताए । ‘हामीले यताबाट हायर गरिसकेपछि सर्टेन मन्थको ट्रेनिङ दिन्छौं । त्यसपछि उहाँहरूलाई कामका लागि सक्षम बनाउँछौँ ।’ झाले भने । 

सेल्सबेरीका एचआर अफिसर निरोज महर्जनले जब फेयर कर्पोरेट हाउसहरूको लागि निकै राम्रो प्लेटफर्म भएको बताए । राम्रो क्यान्डिडेट पाउनको लागि जेब फेयरले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाई छ । 

आवेदन दिएकाहरू मध्ये केही निकै राम्रो भएको बताए । ‘१३ जनामा ३÷४ जनालाई यहीबाट सर्टलिष्ट गरेर हेड अफिसमा अर्को राउण्डको लागि बोलाएर कसरी अगाडि बढ्ने भनेर प्लानिङ गरिरहेका छौँ ।’ उनले भने । 

आजको जब फेयरमा अन्तर्वार्ता दिएकाहरू मध्ये फाइन लिष्टमा परेकाहरू फाइनल अन्तर्वार्ताका लागि अफिसमा बोलाइएको उनको भनाई छ । 

एफवान सफ्टका ह्युमन रिर्सोसेजका म्यानेजर महेश थापाले इन्टर्नसीप कार्यक्रमका लागि आईएसएमटीको जब फेयरमा सहभागी भएको बताए । जब फेयरबाट राम्रा विद्यार्थी पाएको र कम्पनीले निकट भविष्यमा गर्न खोजेको कार्यक्रमका लागि तयार भएको बताए । 

एफवान सफ्टका ट्यालेन्ट एजुकेशन अफिसर सौरभराज अर्यालले जब फेयरले आफूलाई आवश्यक पर्ने कर्मचारी आपूर्ति गर्न सहज हुने बताए । 

लिपफ्रगका ट्यालेन्ट एजुकेशन अफिसर सुनिल विष्टले आईएसएमटीका विद्यार्थीहरूमा एकदमै प्यासन देखिएको बताए । मार्केटको आवश्यकता अनुसार नै विद्यार्थीहरूलाई आफूलाई अपडेट गराउँदै आएको पाइएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप