कामना सेवा विकास बैंकद्वारा ४०३ युनिट रगत संकलन
कामना सेवा विकास बैंकले १६ औँ वार्षिकोत्सवको अवसरमा ४०३ युनिट रगत संकलन गरेको छ । कात्तिक २१ गतेदेखि कात्तिक २७ गतेसम्म देशभर विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाउने क्रममा सञ्चालित रक्तदान कार्यक्रमबाट ४०३ युनिट रगत संकलन गरिएको हो ।
सो क्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा सरसफाइ, फोहोर व्यवस्थापनको लागि विभिन्न सामग्री वितरण, वित्तीय साक्षरता अभियान, खेलकुद प्रतियोगितासहित विभिन्न कार्यक्रम गरिएको बैंकको भनाइ छ ।
यसैबीच बैंकको १६ औंस्थापना दिवस अर्थात मुल समारोहको दिन कात्तिक २७ गते बैंकको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरुमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो । बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल बहादुर कार्कीको प्रमुख आतिथ्यतामा केन्द्रीय कार्यालय ज्ञानेश्वरमा मुल समारोहोको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा संचालक विशेश्वर सुवेदी, संस्थापकहरुसहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक लगानी कोष र आईएमईबिच सेयर प्रत्याभूति सम्झौता
-
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि
-
विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ
-
एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल
-
ग्वार्कोस्थित राधाकृष्ण मेडिकलमा प्रहरीको छापा, सञ्चालकसहित दुईजना पक्राउ