शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अब प्रत्येक दिन प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले उम्मेदवारले गरेको खर्चको विवरण पठाउने

सोमबार, २८ कात्तिक २०७९, ०९ : ५०
सोमबार, २८ कात्तिक २०७९

नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अबदेखि दैनिक रूपमा उम्मेदवारले निर्वाचनको प्रचारप्रसारका क्रममा गर्ने खर्चको विवरण निर्वाचन आयोगलाई पठाउनु पर्ने भएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्व बसेको बैठकले उक्त निर्णय गरेको हो । 

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा आचारसंहितालाई कडाइका साथ लागू गर्न उक्त निर्णय गरिएको हो ।   बैठकले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पालना तथा सो सम्बन्धमा गरेका सबै क्रियाकलापहरू र निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमा भित्र रही खर्च गरे नगरेको विषयमा सूक्ष्म अनुगमन गरी प्रत्येक दिन साँझ ७ बजे भित्र प्रतिवेदन पठाउनु पर्ने निर्णय गरेको छ । 

प्रतिवेदन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले जिल्लास्थित कार्यालयमा र जिल्लास्थित कार्यालयले आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा पठाउनु पर्नेछ । – न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप